काठमाडाैंकाे कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता
काठमाडाैं। काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरका लागि १ हजार मत गणना हुँदा नेपाली काग्रेसले अग्रता लिएको छ।
मुख्य निर्वाचन अधिकृत कमला घिमिरेका अनुसार शनिबार रातिदेखि नै मतगणना सुरू भएको थियो।
अहिलेसम्मको मतगणनामा कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ४२७ भने एमालेका केशरत्न बज्राचार्यले २८० मत पाएका छन्। माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment