यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना, हेर्नुहोस् तस्बिरमा
काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ। बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ। राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।

बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्।

तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ। उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन्।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment