काठमाडौं ३२ मा अरू सबै उम्मेदवार र बदर मत समेत जोड्दा पनि बालेनकोजति पुगेन

डिसी नेपाल
३१ वैशाख २०७९ १३:५८
17.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ मा स्वतग्त्र उम्मेदवार बालेन साहप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ १०० मत गन्दा अरु प्रतिस्पर्धी सबै उम्मेदवार र बदर मत समेत जोड्दा पनि बालेन साहको मत भन्दा कम भएको छ ।

यहाँ एमालेले १२, काँग्रेसले १७, राप्रपाले ३ मत पाएका छन् । यहाँ ३ मत बदर भएको छ । जबकि यहाँ बालेनको लौरोमा ५४ मत परेको छ । एमाले, कांग्रेस, राप्रपा र बदर मत सबै जोड्दा ३५ मत मात्र हुन्छ । बालेनको मत योभन्दा कैयौं धैरै छ ।

यसैगरी यहाँ उपमेयरमा एमालेले ४२, नेकपा एसले २२ र राप्रपा ८ मत पाएको निर्वाचन अधिकृत दिपेन्द्र प्रसाद रेग्मीले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.