काठमाडौंमा बालेनको अग्रता कायमै, सिर्जनालाई उछिन्दै स्थापित दोस्रो

डिसी नेपाल
३१ वैशाख २०७९ १४:४०
1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता कायमै छ । दोस्रो स्थानमा भने कांग्रेसकी सिर्जना श्रेष्ठलाई उछिन्दै एमालेका केशव स्थापित आएका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् ।

अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १मा तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.