बालेनको अग्रता कायमै, ६८० मत गन्दा स्थापितभन्दा ३७ भोटले अगाडि

डिसी नेपाल
३१ वैशाख २०७९ १६:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । ६८० मत गन्दा एमालेका केशव स्थापितभन्दा बालेन ३७ भोटले अगाडि छन् ।

पछिल्लो अपडेटअनुसार ६८० मत गन्दा बालेनको मत २१६ पुगेको छ । एमालेका  स्थापितले १७९, काँग्रेसको सिर्जना श्रेष्ठले १४१ मत पाएका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेनप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ बालेनको मत अरु उम्मेदवारको भन्दा निकै बढी छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *