काठमाडौंको मेयरमा बालेन साहको अग्रता कायमै

डिसी नेपाल
३१ वैशाख २०७९ १८:०८
5.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । ९३२ मत गन्दा एमालेका केशव स्थापितभन्दा बालेन २० भोटले अगाडि छन् ।

पछिल्लो अपडेटअनुसार ९३२ मत गन्दा बालेनको मत २९८ पुगेको छ । एमालेका स्थापितले २७८, काँग्रेसको सिर्जना श्रेष्ठले १६८ मत पाएका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना भइरहेको छ ।

महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेनप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ बालेनको मत अरु उम्मेदवारको भन्दा निकै बढी छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले प्रतिस्पर्धीको भन्दा तेब्बरभन्दा धेरै मतले अग्रता लिइरहेकी छिन् । सुनिताले ४९० मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६६ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले ८० मत पाएकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.