अग्रता बढाउँदै बालेन, पछयाउँदै स्थापित

डिसी नेपाल
१ जेठ २०७९ २:३१
4.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ । मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । ३ हजार २५९ मतगणना गर्दा बालेनको पक्षमा एक हजार ५३ मत खसेको छ ।

नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८३८ मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहको ६३६ मत खसेको छ ।
हालसम्मको मतपरिणाम अनुसार बालेनले निरन्तर अग्रता कायम गर्दै आएका छन् । एमालेका स्थापितले बालेनलाई पछयाइरहेका छन् । राति २ बजे सम्मको मत परिणाम अनुसार बालेनले अग्रता बढाउँदै लगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.