काठमाडौं महानगरपालिकामा बालेन साहको फराकिलो अग्रता

डिसी नेपाल
१ जेठ २०७९ ६:२८
5.6k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले १५७५ मतसहित अग्रता कायम गरेका हुन्। उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ९८५ मत प्राप्त गरेका छन्। यसैगरी तेस्रो नम्बरमा रहेकी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सृजना सिंहले ८ सय २५ मत प्राप्त गरेकी छन्।

यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेका सुनिता डंगोल भारी मतान्तरले अगाडि छन्। उनले १७४३ मतले अग्रता लिइरहँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन्। तेस्रो स्थानमा राप्रपाका उम्मेदवार बिनिता मगैयाले २०८ मत पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.