धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन
धनगढी। कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन्। आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन्।
एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन्। अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment