बाराको निजगढ-१३ मा गठबन्धनका सूर्य घलान विजयी

डिसी नेपाल
१ जेठ २०७९ ९:३७
360
Shares

बारा। बाराको निजगढ नगरपालिका-१३ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार सूर्य घलान विजयी भएका छन्। उनी ७ सय ७९ मतसहित विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमानसिंह थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका छन्। थिङ्गलाई १ सय ९३ मतले पराजित गर्दै घलान दाेस्राे कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन्।

निजगढ मेयरमा कांग्रेसको अग्रता कायम छ। मेयरका उम्मेदवार सुरेश खनालले ७ सय ५१ मत प्राप्त गरेका छन् भने, एमालेका सुरथ पुरीले ५ सय ८३ मत प्राप्त गरेका छन्।

उपमेयरमा गठबन्धनबाट रविराज दंगालले ५ सय ८९ मत पाउँदा एमालेका सोममाया थिङ्गले ५ सय ९९ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.