मतसंकेत देखाउँदै छातामा भोट हालेका बाबुराम आफ्नै गृहनगरमा पछाडि

डिसी नेपाल
१ जेठ २०७९ ११:३४
1.3k
Shares

काठमाडौं । निर्वाचनमा मतदानको क्रममा छातामा मत संकेत गरेको आफ्नो मतपत्र सामाजिक संजालमार्फत सार्वजनिक गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नै गृहनगरमा पछि परेका छन् ।

गोरखाको पालुङटार नगरपालिकामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विवश चिन्तनले १५२२ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार प्रेमबहादुर गुरुङले १३४२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिपकबाबु कँडेलले १२४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले २४२ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.