ललितपुर महानगरपालिका-१ काे अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

डिसी नेपाल
१ जेठ २०७९ ११:४९
300
Shares

ललितपुर। ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार विजयी भएका छन्।

तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५ मत प्राप्त गरेका छन्।

यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण ब्यंजनकारले ४०२ मत प्राप्त गर्दै महर्जनलाई पछ्याएका छन्।

त्यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले ४४४ मत प्राप्त गरी अग्रता कायम गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.