ललितपुरकाे कोञ्ज्योसोममा एमाले अगाडि
ललितपुर। ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन्।
मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका राेहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नाै सय ७५ मत पाएका छन्।
उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उपमेयर उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन्।
गाउँपालिकामा मत गणना निरन्तर भइरहेकाे र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन्। उनका अनुसार अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment