साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

डिसी नेपाल
१ जेठ २०७९ १३:४३
524
Shares

खोटाङ। खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन्। साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन्। उनले १९७ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन्। आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन्।

न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.