मुस्ताङको थासाङमा अध्यक्ष एमाले, उपाध्यक्ष कांग्रेस

डिसी नेपाल
१ जेठ २०७९ १४:५८
36
Shares

पोखरा। मुस्ताङको थासाङ गाउँपालिकामा मिश्रित परिणाम आएको छ। अध्यक्ष सहित १४ पदमा एमाले विजयी हुँदा उपाध्यक्षसहित १३ पदमा कांग्रेस विजयी भएको छ। यसअघिको स्थानीय चुनावमा यो पालिकाको दुवै पद कांग्रेसले जितेको थियो।

अध्यक्ष उम्मेदवार प्रदीप गौचन एक हजार एक सय ४४ मतसहित विजयी हुँदा निकटतम प्रतिश्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत मात्रै पाइन्। उपाध्यक्षमा कांग्रेसका सोमल हिराचनले एक हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा निकतम् प्रतिस्पर्धी नेकपा एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत ल्याइन्।

थासाङ गाउँपालिकाको वडा ३ र ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने वडा २ मा नेकपा एमाले प्यानलमा विजयी भएका छ । १ र ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने सदस्यहरु एमालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.