भरतपुरमा रेणु पछि पर्दै, ८० मतको अग्रता ५३ मा खुम्चियो

डिसी नेपाल
१ जेठ २०७९ १५:२३
1.0k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता खुम्चिँदै गएको छ ।

रेणुलाई एमालेका उम्मेदवार विजय सुवेदीले नजिकबाट पच्छ्याइरहेका छन् । पछिल्लो समय लिड गरेकी रेणुलाई विजयले मतान्तर खुम्च्याउँदै छन् ।

पछिल्लो अपडेट अनुसार रेणुले १८६७ मत ल्याएकी छन् भने विजयले १८१४ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ६१९ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.