भरतपुरमा मतगणनाका क्रममा विवाद, मतगणना रोकियो

डिसी नेपाल
१ जेठ २०७९ १५:२७
12.1k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा मतपत्रमा छाप प्रस्ट नभएको भन्दै विवाद सृजना भएको थियो । मत सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा मतभेद भएपछि एमालेका प्रतिनिधिले मतगणना रोकेका हुन् ।

मतगणनाको क्रममा पछिल्लो समय गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता खुम्चिँदै गएको थियो ।

अहिले रेणुलाई एमालेका उम्मेदवार विजय सुवेदीले नजिकबाट पच्छ्याइरहेका छन् । पछिल्लो समय लिड गरेकी रेणुलाई विजयले मतान्तर खुम्च्याउँदै छन् ।

पछिल्लो अपडेट अनुसार रेणुले १८६७ मत ल्याएकी छन् भने विजयले १८१४ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ६१९ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.