भरतपुरमा रेणुको मत २ हजार माथि, अग्रता भने झन् घट्यो
काठमाडौं । भरतपुर महानगरपालिकाको जारी मरगणनामा मेयरका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको मत २ हजार कटेको छ ।
आइतबार अपराह्न पौने ५ बजे बजेसम्म पाँच हजार ६७७ मत गणना भएको छ। जसमा दाहालले २००६ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले १९५४ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन्।
यसअघिको अपडेटमा भन्दा रेणुको अग्रता भने घटेको छ । अघिल्लो अपडेटमा रेणुको अग्रता ५३ मतको थियो अहिले त्यो ५२ मा झरेको छ ।
उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२०१ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १५७१ मत पाएकी छन्।
अहिले भरतपुर वडा नं. २ को मतगणना भइरहेको छ। जसमा वडाध्यक्षका उम्मेदवार कांग्रेसका मनोज रानाभाटले ९८३ र एमालेका कृष्ण केसीले ९६४ मत पाएका छन्।







डिसी नेपाल







Facebook Comment