बालेनको मतान्तर बढेको बढ्यै
काठमाडौं। काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ४१ सय ३९ मतसहित पहिलो स्थान कायमै छ।
प्रमुखमा नेकपा एमालेका केशव स्थापित २१ सय ४८ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह १९ सय ३४ मतसहित तेस्रो स्थानमा छन् ।
आइतबार साँझ ८ बजेसम्म भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेको छ ।
वडा नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment