काठमाडौंमा बालेनको मत ४६ सय पुग्यो, दोब्बरको अग्रता कायमै
काठमाडौं महानगरपालिकामा बालेन शाहको दोब्बरको अग्रता कायमै छ । पछिल्लो राति १२ बजेको मतपरिणाम अनुसार बालेनको मत ४६४६ पुगेको छ ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले २४०५ मत ल्याएका छन् । उनी बालेनभन्दा २२४१ मतले पछाडि छन् ।
कांग्रेसकी सिर्जना सिहले २२२४ मत पाएकी छिन् । काठमाडौंमा वडा नम्बर १ को मतपरिणाम सार्वजनि भैसकेको छ भने २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment