बालेनको अग्रता बढ्दै, स्थापितभन्दा सृजनाको मत धेरै

डिसी नेपाल
२ जेठ २०७९ ७:०८
10.0k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्। उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्।

सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय ३३ मत पाएका छन्। यसअघि स्थापित दोस्रो नम्बरमा थिए।

उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले ३ हजार ३ सय ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्। यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.