स्थानीय निर्वाचनः पाँचथर जिल्ला गठबन्धनको अग्रता
फिदिम। स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। फिदिम नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लाका सबै तहको मतगणना भइरहेको हो। फिदिम नगरपालिकामा गठबन्धनका मेयर उमेद्वार नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले ७ सय ५१ मतले अगाडि छन्।
वडा १, २, ३, १२, १३ र १४ को मतगणना पूरा हुँदा काफ्लेले ४ हजार ७ सय ५३ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्बी लावतीले ४ हजार २ मत पाएका छन्।
वडा १ मा एमालेका गजाधर भट्टराई, २ मा एमालेकै दिनानाथ अधिकारी, ३ मा कांग्रेसका नरेन्द्र गुरुङ, १२ मा एमालेका कमल चापागाई, १३ मा माओवादीका दिलकुमार नेम्बाङ र १४ मा माओवादीकै राजकुमार नेम्बाङ बिजयी भएका छन्। अब गणना गर्न बाँकी वडामा एमालेको प्रभाव राम्रो मानिन्छ। अहिले वडा ४ र ११ को गणना जारी छ।
कुम्भायक पालिकामा गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रका महेन्द्र खड्का बिजयी बने। लावतिले भीम सम्बाहाम्फे र खड्काले एमालेकी सीता आचार्यलाई क्रमश १ सय २३ र २८ मतान्तरले पराजीत गरे। ६० वडा रहेको जिल्लामा ३० वडाको गणना पूरा भएको छ।







डिसी नेपाल








Facebook Comment