विवाद भएपछि बालेनले सबैभन्दा धेरै मत पाएको क्षेत्रको मतगणना रोकियो
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना विवादका कारण स्थगित भएको छ । काठमाडौं महानगरको मेयर पदका लागि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्म सबैभन्दा धेरै मत पाएको वडा यही हो ।
सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment