भरतपुरमा एमालेका विजय सुवेदीकाे अग्रता बढ्दै

डिसी नेपाल
२ जेठ २०७९ ११:५५
5.5k
Shares

चितवन। चितवनकाे भरतपुर महानगरपालिकामा एमालेकाे तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन्।

स्थानीय तह निर्वाचनकाे पछिल्लाे मतगणनाकाे विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन्। उनलाई गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन्।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन्। मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन्।

साेमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ। उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.