स्थापितभन्दा बालेन २८७५ मतले अगाडि

डिसी नेपाल
२ जेठ २०७९ १२:४०
1.4k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन्। गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन्।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ। सोमबार (२ जेठ)को मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन्।

साहले ६ हजार १६ मत ल्याउँदा उननलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार १४१ मत ल्याएका छन् । कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन्।

यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.