हिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी
जुम्ला। हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्।
लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छिन्।
उनले एक हजार पाँच सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार चार सय ८९ मत ल्याएकी हुन्।
विजयी शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन्। २०७४ सालमा लक्ष्मण शाही झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । लक्ष्मण शाही लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment