प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

डिसी नेपाल
२ जेठ २०७९ १४:३०

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो। भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन्। लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए। उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.