बालेनको तीव्र गति कायमै, स्थापित र सिंहको संयुक्त मतभन्दा ७६ बढी

डिसी नेपाल
२ जेठ २०७९ २०:१६
6.2k
Shares

काठमाडौं । काठमाडौं महानगर प्रमुखमा ८० सय ३७ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो तीव्र गति कायमै राखेका छन्।

नेकपा (एमाले)का केशव स्थापित ४२ सय ५९ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ३७ सय २ मतसहित तेस्रो स्थानमा छन्।

बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३७७८ ले बढी हो । बालेनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको अघिल्लो अपडेटभन्दा १२०ले मतान्तर बढाएका छन् ।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ७ हजार ९६१ हुन्छ। उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ७६ मत कम हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.