विराटनगर महानगरको १८ हजार मतगणना गर्दा १६ सय मतान्तरले कोइरालाको अग्रता

डिसी नेपाल
२ जेठ २०७९ २१:२८
144
Shares

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरेको सूचनाअनुसार १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निरौला कार्कीले चार हजार ६८७, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले तीन हजार ३६३, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले एक हजार २२४ मत प्राप्त गरेका छन्।

यस्तै विराटनगर–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । विराटनगर–१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी भएका छन्। अहिले महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १३, १४, १५ वडाको मतगणना भइरहेको छ । महानगरमा १९ वडा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.