भरतपुर महानगरको मतगणना रोकियो

डिसी नेपाल
२ जेठ २०७९ २२:४९
4.0k
Shares

भरतपुर महानगरको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिकामा ४ नम्बर वडाको मतगणनाको क्रममा  मधुरो स्वस्तिक छाप लगाएको मतपत्रलाई निर्वाचन अधिकृतले बदर गर्दा विवाद उत्पन्न भइ मतगणना रोकिएको छ ।

मत संकेत गरिएको ठाउँमा मधुरो स्वस्तिक छापको घेरालाई निर्वाचन अधिकृतले बदर गर्दा एमालेको विरोधले विवाद बढेपछि मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृतले मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरा देखिदा पनि मत बदर गरेको भन्दै एमालेका प्रतिनिधिले विरोध गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.