स्थापित र बालेनको मतान्तर ४ हजार नजिक
काठमाडौं । काठमाडौं महानगर प्रमुखमा ८४२० मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो तीव्र गति कायमै राखेका छन्।
नेकपा (एमाले)का केशव स्थापित ४४३६ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ३८८१ मतसहित तेस्रो स्थानमा छन्।
बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३९८४ ले बढी हो ।
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ८ हजार ३१७ हुन्छ। उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा १०३ मत कम हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment