भरतपुर महानगरको मतगणना सुचारु
चितवन । भरतपुर महानगरपालिकाको मतगणना सुचारु भएको छ । ४ नम्बर वडाको मतगणनाको क्रममा मधुरो स्वस्तिक छाप लगाएको मतपत्रलाई निर्वाचन अधिकृतले बदर गर्दा विवाद उत्पन्न भइ मतगणना करिब दुई घण्टा रोकिएको थियो।
कस्तो मतलाई सदर या बदर मान्ने बिषयमा विवाद विवाद बढेपछि बसेको सर्वदलिय बैठकले अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि सुचारु गराएको हो ।
सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब सहभागी नगराउने तथा यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति गर्दै मतगणना पुनः सुरु भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment