ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका ढुङ्गराज विश्वकर्मा निर्वाचित
उदयपुर। उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन्। सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन्।
विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे। यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउँदै कांग्रेसका धनमाया मगर निर्वाचित भएकी छिन्। धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छिन्।
त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धब हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा माओवादी केन्द्रका बिष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ।
ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमल आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







डिसी नेपाल








Facebook Comment