बाराको करैयामाइमा जसपा विजयी

डिसी नेपाल
३ जेठ २०७९ ६:४५
20
Shares

बारा। बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन्। यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३ हजार ४ सय र तेस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए।

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले ५ हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.