मेल्लेख गाउँपालिका अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
३ जेठ २०७९ ७:२०
16
Shares

अछाम। अछामको मेल्लेख गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउँद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन्।

एमालेबाट उम्मेदवार भीमबहादुर खड्कालाई ९ सय ६० मतान्तरले पराजित गर्दै साउद निर्वाचित भएका हुन्। निर्वाचित साउँदले ५ हजार १ सय ४४ मत पाउँदा एमालेका खड्काले ४ हजार १ सय ८४ मत पाए।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका छन् । खड्का ४ हजार ४ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका समिता महरले ३ हजार ८ सय ६५ मत पाइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.