पोखरा महानगर : गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

डिसी नेपाल
३ जेठ २०७९ ७:४८
288
Shares

पाेखरा। स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गरका छन्। गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गरेका हुन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि छन् भने एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उनलाई पछ्यारहेकी छन्।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन्। महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.