डडेल्धुराकाे भागेश्वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी
डडेल्धुरा। डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाे। हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए।
उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन्। पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस विजयी भएकाे छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।
१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए। भागेश्वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment