डडेल्धुराकाे भागेश्‍वरमा वडादेखि पालिकासम्म कांग्रेस विजयी

डिसी नेपाल
३ जेठ २०७९ ९:२०
104
Shares

डडेल्धुरा। डडेल्धुराको भागेश्‍वर गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ । कांग्रेस वडादेखि पालिकासम्म विजयी भएकाे हाे। हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याइन्। पाँच वडा रहेको भागेश्‍वरमा चार वडामा कांग्रेस विजयी भएकाे छ । एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए। भागेश्‍वर कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृहपालिका हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.