ओखलढुंगाकाे मोलुङ गाउँपालिका प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी
ओखलढुंगा। मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत पाए।
यसैगरी उपाध्यक्षमा एमालेका उर्मिला खतिवडाले चार हजार २०० प्राप्त गरी विजयी भएका छन्। मोलुङका आठवडा मध्ये पाँच वडा एमाले र तीन वडामा कांग्रेसले जितेको छ।
एमालेबाट वडा नं १ मा कमल बानियाँ, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी भएका छन्। कांग्रेसबाट वडा नं २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment