जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य : एमाले महासचिव पोखरेल

डिसी नेपाल
३ जेठ २०७९ १२:१२
128
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए।

‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तव्य हो। मतगणनामा चनाखो रहौँ’, सामाजिक सञ्जाल फेसबुकमा मंगलबार लेखेका छन्।

उनले यसअघि आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए। पोखरेलको आरोपलाई लिएर उनकै पार्टीका केही नेताले आलोचना गर्दै आएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मतदान भएको ३० वैशाखमै निर्वाचनमा राज्य शक्तिको दुरुपयोग सरकार र गठबन्धनले गरेको आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.