एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पाेखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनकाे प्रयास पूर्ण रुपमा असफल पारिदिएकाे बताएका छन्। तर, अपेक्षा गरेजस्ताे परिणाम भने प्राप्त नभएकाे बताए।
दलीय प्रतिस्पर्धा भएकाे भए देशमा एमाले सर्वाधिक लाेकप्रिय पार्टीकाे रुपमा स्थापित हुने जनमतले प्रकट गरेकाे उनकाे तर्क छ।
निर्वाचनकाे प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेकाे आराेप पनि महासचिव पाेखरेलले लगाए। परिणाम आएपछि एमालेले टिप्पणी नगरेकाे रुपमा चर्चा भएकाे भन्दै उनले त्यसकाे खण्डन गरे।
परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेकाे मंगलबार आयाेजित मदन-आश्रित स्मृति दिवसमा भने। उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेकाे पनि आराेप लगाए।






डिसी नेपाल





Facebook Comment