काठमाडौंमा केशव स्थापितले बालेनसँग मतान्तर घटाए

डिसी नेपाल
३ जेठ २०७९ १४:०२
19.8k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । तर, पछिल्लो अपडेटमा एमालेका केशव स्थापितले मतान्तर घटाएका छन् ।

पछिल्लो पटक बालेनको स्थापितसँग मतान्तर ५ हजार ५८ पुगेको थियो । तर, अहिलेसम्म स्थापितले मत अन्तर घटाएर ५ हजार १ मा झारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले १० हजार ९३३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ९३२ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार १७४ मत पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.