भरतपुरमा रेनुले मतान्तर ह्वात्तै बढाइन्

डिसी नेपाल
३ जेठ २०७९ १४:३५
8.7k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर ह्वात्तै बढाएकी छिन्। यसअघि ९२ मतले अग्रता लिइरहेकी रेनुले अर्को राउण्डमा मतान्तर बढाएर १९८ पुर्‍याएकी छिन् ।

पछिल्लो मतगणना अपडेटअनुसरा १८ हजार ३ सय ६३ गणना गर्दा रेनुले ६ हजार ५ सय २४ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ३ सय २६ मत ल्याएका छन्। रेनु र विजयबीच १९८ मतको फरक छ।

यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३१ सय ८१ मत ल्याएका छन्। यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९ सय ३९ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार १ सय ९७ मत ल्याएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.