भरतपुरमा रेनुको अग्रता बढेको बढ्यै

डिसी नेपाल
३ जेठ २०७९ १६:००
3.6k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले लगातार अग्रता बढाइरहेकी छिन् । पछिल्लो अपडेटअनुसार उनको अग्रता २२६ मतको पुगेको छ ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.