प्रतिनिधिसभाको बैठक सुरू, एमालेले बैठक अवरोध गरेन

डिसी नेपाल
३ जेठ २०७९ १६:२४
208
Shares

काठमाडौं । प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक सुरू भएको छ । एमालेले प्रतिनिधिसभामा अवरोध गर्न छोडेको छ । गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो ।

आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

यसपछि एमालेको विरोध भएपछि सभामुख सापकोटाले एमालेका प्रदीप ज्ञवालीलाई बोल्न समय दिएका छन् । उनले अहिले आफ्नो धारणा राखिरहेका छन् ।

नवौँ र दशौँ अधिवेशनमा आफूहरूको विरोध रहेको र अहिले विरोधको स्वरुप परिवर्तन गरेको जानकारी दिएका उनले सरकार देश संकटमा पर्दा आफूहरू सचेत प्रतिपक्षीको भूमिका निभाउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.