सिमकोटको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
३ जेठ २०७९ १७:३१
84
Shares

हुम्ला । सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी माहासमिति सदस्या सुशिला रोकाया निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत जगतबहादुुर पौडेलले बताए ।

भण्डारीले दुई जहार आठ सय ८२ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी एमालेका महेन्द्रबहादुर शाही ले एक हजार नौ सय ६९ मत ल्याएका छन् । भण्डारीले नौ सय १३ मतान्तरालले शाहीमाथि विजय हासिल गरेका हुन् ।

यस्तै, पालिका उपाध्यक्षमा कांग्रेसका सुशिला रोकायाले २४ सय ७४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी प्रतिमा लामाले १४ सय ५७ मत ल्याएकी छिन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.