बालेनको लिड ५४ सय माथि

डिसी नेपाल
३ जेठ २०७९ १७:३१
324
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजार ४ सय भन्दा धेरैको मतान्तरसहित अग्रता लिइरहेका छन् । उनको मत १२ हजार पुग्नै लागेको छ ।

पछिल्लो मतपरिणामअनुसार शाहले ११ हजार ९६३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ५६१ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७६३ मत पाएकी छन्।

पछिल्लो समय बालेनले निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितसँग ५ हजार ४०१ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार ११८ मतको अग्रता लिइरहेका छन् ।

यसअघिको राउण्डको तुलनामा भने यसपटन उनको अग्रता थोरै घटेको छ । अघिल्लो राउण्डमा बालेनले एमालेका केशव स्थापितसँग ५ हजार ३७३ र कांग्रेसकी सिर्जना सिंहसँग ६ हजार २ सय मतको अग्रता लिइरहेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.