बालेनको मत १३ हजार नाघ्यो, ६ हजारभन्दा बढी मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार १८९ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६०८३ मतले अगाडी छन् । स्थापित बालेनलाई ७ हजार १०६ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार २४७ मत प्राप्त गरेकी छन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment