भरतपुरमा रेणुको फेरि बढयो अग्रता, सुवेदी भन्दा ६०१ मतले अगाडि

डिसी नेपाल
३ जेठ २०७९ २३:५०
276
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम गरिरहेकी छिन्।

पछिल्लो ११ बजेको मतपरिणाम अनुसार २२ हजार ६सय ८६ मतगणना हँुदा रेनुले ७ हजार ८ सय५७ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले ७ हजार २ सय ५६ मत ल्याएका छन्। अहिले विजय सुवेदी भन्दा रेणुले ६०२ मतान्तरसहित अग्रता कायम गरिरहेकी छिन् ।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७ सय ३९ मत ल्याएका छन्।
यस्तै उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ४७९ मत ल्याएका छन् भने हिमला गुरुङले ६ हजार मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.