उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

डिसी नेपाल
४ जेठ २०७९ ११:३३
60
Shares

उदयपुर। उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाई रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ। बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *