हेटौडामा मतदाताले उम्मेदवारलाई गाली गर्दै मतपत्रमा लेखे ‘नो भोट’
काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मतपत्रमा एक मतदाताले उम्मेदवारहरुलाई गाली गर्दै ‘नो भोट’ लेखेको भेटिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नं ४ को मतगणनाको क्रममा मतदाताले मतपत्रमा ‘नो भोट’ लेख्दै मतदान गरेको मतपत्र भेटिएको हो ।
मतपत्रमा ‘मेरो मत चोर नेताहरुलाई नो भोट’ लेखिएको छ ।
उक्त मतपत्रमा कुनै पनि चिन्हमा स्वस्तिक छापको प्रयोग गरिएको छैन ।
मतपत्र भेटिएपछि राजनीतिक दलका प्रतिनिधिहरुलाई देखाउँदा कुनै प्रतिक्रिया नदिएको मतगणनामा संलग्न एक कर्मचारीले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment